
एजेन्सी – इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला सुनाईएको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको हो ।
सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा हुसेन संलग्न रहेका थिए ।
हुसेनले आफु्विरुद्ध लागेको अभियोगको अस्विकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् ।