
धादिङ, २२ बैशाख – धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामीपरेका छन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं–४ बोराङमा बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन् ।
मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाण्डु पठाइएको छ । मह खादाँ मोक्ता लामा तामाङ, हिमाल बिक, लालु बिक, सुष्मा तामाङ, मि लामा तामाङ बिरामी परेका छन् ।
उनीहरुको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको बोराङबाट स्थानीय बिजय तामाङले जानकारी दिए । मह खाएपछि उनीहरुलाई काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको थियो ।