
एजेन्सी । उत्तर कोरियालका नेता किम जोङ अनले होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरेको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेताले आफूसँग गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताए ।
गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो । सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने किमको माग रहेको थियो । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट बीना सम्झौता समाप्त भएको थियो ।
किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।