नेटफ्लिक्ससँग मिलेर फिल्म सिरिज बनाउँदै ओबामा दम्पत्ती

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १३:३० मा प्रकाशित

एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले फिल्म बनाउने भएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनले फिल्मको सिरिज बनाउन लागेका हुन् ।

यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने आफ्नो उद्देश्य भएको जानकारी दिएका छन् ।

ओबामाले गत वर्ष आफ्नो प्रोडक्सन कम्पनी हायर ग्राउन्ड बनाएका थिए । यसमार्फत् उनले सात प्रोजेक्टको घोषणा गरेका छन् । प्रिया स्वामीनाथन र टोनिया डेविससँग मिलेर उनी आफ्नो महत्वाकांक्षी योजनामा काम गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us