हिमालय एयरलाइन्सको विमान भाडामा

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – हिमालय एयरलाइन्सले आफ्नो एउटा विमान भाडामा लगाउने तयारी गरेको छ । एयरलाइन्सले एउटा एयरबस–३२० भियतनामको बेम्बो एयरवेजलाई भाडामा दिने तयारी गरेको हो ।

यसअघि ओमानको सलाम एयरलाई भाडामा दिने तयारी गरेको हिमालय भाडादरमा कुरा नमिलेपछि बेम्बोलाई दिने निर्णयमा पुगेको हो ।

वैशाखभित्रै विमान हस्तान्तरण गर्ने योजना रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हिमालयले एक विमानलाई बेम्बो एयरवेजको लोगो राखेर रंगाउने काम भइरहेको छ ।

हिमालयले विमानस्थल शुल्कबापत २१ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us