बिवाह हुनै लाग्दा किन टुट्यो प्रियंकाका भाई सिद्धार्थ र इशिताको इन्गेजमेन्ट ?

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १०:५६ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको भाई सिद्धार्थ चोपडाको बिवाह टुटेको छ । शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको छ । दुबैले आपसी सहमतीमा सम्बन्ध तोड्ने निर्णय गरेका हुन् ।’

केही दिन अघि प्रियंका चोपडा भाइ सिद्धार्थ चोपडाको विवाहका लागि भारत आएकी थिइन् । तर उनकी बुहारी इशिता कुमारको स्वास्थ्य अचानक खराब भयो र विवाह रोकिएको थियो । त्यसपछि उनीहरुको विवाह टुटेको हुन सक्ने अडकलबाजी गरिएको थियो ।

इशिताले आफ्नो र सिद्धार्थको फोटो इन्स्टाग्रामबाट डिलिट गरेकी छिन् । साथै अब प्रियंका र सिद्धार्थले उनलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । हालै इशिताले आफ्नो इन्स्टाग्राममा रेष्टुरेन्टको एउटा फोटो अपलोड गरेकी थिइन् । फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘निकै खुसी भएर नयाँ सुरुवात गर्दैछु । पुरानो यादलाई एक चुम्बनसहित सदाका लागि बिदा । ’

यो फोटो इशिताले हस्पिटलबाट डिस्चार्ज भएपछि अपलोड गरेकी थिइन् । यो फोटोमा इशिताकी आमा निधि कुमारले कमेन्ट गरेकी छिन्, ‘पुरानो किताबलाई बन्द गर र नयाँ लेख ।’ यस्तै, उनका पिताले पनि यो पोष्टमा कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘हामी तिम्रो साथमा छौं । तिमी त्यही तारा बन जसका लागि तिमी जन्मिएकी छौ ।’

दुबैको रोका (इन्गेजमेन्ट) फेब्रुअरीमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us