
एजेन्सी – अभिनेत्री मुमताज बतौरको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको परिवारले यसको खण्डन गरेको छ ।
पछिल्लो समय भारतका सामाजिक सञ्जालहरुले मुमताजको मृत्यु भएको भन्दै उनलाई श्रद्धाञ्जलि दिन समेत भ्याएका थिए । यस्तैमा उनको परिवारले मुमताजको मृत्यु भएको कुरालाई अस्वीकार गरेको छ । परिवारले उनको स्वास्थ ठीक रहेको समेत स्पष्ट पारेको छ ।
गत वर्ष अप्रिलमा पनि उनको मृत्युको खबर फैलिएको थियो । त्यतिबेला पनि उनकी कान्छी छोरी तान्या माधवानीले सामाजिक सञ्जालमार्फत अस्वीकार गरेकी थिइन् ।
आफ्नो बारेमा पटक–पटक मृत्युको खबर फैलिएपछि मुमताज आश्चर्यमा परेको परिवारले जनाएको छ ।
७० वर्षीय यी अभिनेतृ अहिले परिवारका साथ लन्डनमा बस्दै आइरहेकी छन् । १९६० को दशकबाट अभिनय थालेकी उनी उत्तः समयकी चर्चित अभिनेत्री हुन् ।