
एजने्सी – बलिउड अभिनेता अक्षय कुमारले आफ्नो नागरिकताको बारेमा मुख खालेका छन् । हालै भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि उनको नागरिकताबारे प्रश्न उठ्न थालेका थिए ।
हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमारले जवाफ पन्छाउन खोजिरहेका थिए । उक्त सम्बादको भिडियो हाल भारतीय मिडियामा व्यापक ट्रोल भइरहेको छ । मतदान नगर्नुको कारणमा विवाद बढ्दै गएपछि अक्षयले ट्वीटरमार्फत स्पष्टिकरण दिएका छन् ।
ट्वीटमा अक्षय कुमारले लेखेका छन, ‘मेरो नागरिकतामाथि यति धेरै रुची लिदैँ नकारात्मकता किन फैलाईंदैछ भनेर मलाई थाहा छैन । मसँग क्यानडाको पासपोर्ट छ भनेर मैले कहिले लुकाइन ।’ अक्षयले थप लेखेका छन, ‘तर फेरि विगत ७ वर्षमा म क्यानडा नगएको पनि साँचो हो । म भारतमा काम गर्छु र म भारतमै कर तिर्छु । यी वर्षहरुमा मैले कहिले पनि भारतप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्नु परेको थिएन । मेरो नागरिकताको मुद्दालाई अनावश्यक विवादमा तानिदाँ मलाई नराम्रो लागेको छ ।’
केही दिन पहिले अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६७ मिनेट लामो अन्तरवार्ता लिएका थिए । उक्त अन्तरवार्ता पनि भारतीय मिडियामा भाइरल भईरहेको छ ।
— Akshay Kumar (@akshaykumar) May 3, 2019