राप्रपाले सडकमा ताण्डव नदेखाए हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाण्डु टुडे २०७६ वैशाख २० गते ११:३८ मा प्रकाशित

दाङ, २० वैशाख – प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले जनताको मन जितेर चुनावमा मत ल्याउन सके राप्रपाले माग गरेको राजतन्त्र आउन सक्ने बताएका छन् । जनताको विश्वास जित्न नसक्नेले सडकमा ताण्डव देखाउन नहुने मुख्यमन्त्री पोखरेलले बताए ।

बिहीबार भैरहवामा आयोजित नेपाल नेत्रज्योति संघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘नेपालको संविधान ०७२ ले कुनै कुरामा रोक लगाएको छैन जनताको मन जितेर निर्वाचनमार्फत बहुमत ल्याए राप्रपाले भनेको राजतन्त्र र विप्लवले भनेको एकात्मक शासन आउन सक्छ ।’

सरकारले एक नागरिक बराबर ५० हजार स्वास्थ्य बिमाको नीति ल्याएकोले आधारभूत उपचार गराउन नसक्ने बिरामी कोही पनि नरहने दाबी गरे ।

प्रदेशबाहिर उपचार गर्न कसैलाई जान नपरोस् भन्ने लक्ष्य राखेर स्वास्थ्य क्षेत्रको विकास गरिनुपर्ने पोखरेलको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us