प्रधानमन्त्री गफगाफमै भूलिए भन्दै काँग्रेस नेता केसीले देउवालाई यसरी बचाए

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १४:५६ मा प्रकाशित

काठमाण्डु १९ बैशाख – नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले पत्रिकामा समाचार आएकै भरमा देउवालाई दोषी भन्न नमिल्ने बताए ।

‘पत्रिकामा आएकै भरमा दोषी भन्न मिल्दैन’, उनले भने, ‘तर दोषी भए कसैलाई छोड्न हुँदैन । सरकारसँग बहुमत छ, छानविन गरोस् ।’ फरक प्रसंगमा नेता केसीले दुई तिहाइको बलियो सरकारले पनि देशमा शान्ति सुरक्षा दिन नसक्नु दूर्भाग्य भएको बताए ।

उनले कम्युनिष्टलाई जिताउनु नेपाली जनताका लागि दूर्भाग्य हो भएको बताए । सरकार गफगाफमै भुलिएको भन्दै जनतामा विकासको अनुभूत हुन नसेको बताए ।

‘प्रधानमन्त्रीले विपक्षीले विकास देखेन भनिरहनु भएको छ’, नेता केसीले भने, ‘प्रधानमन्त्री आफैंले मात्रै विकास देखेर हुँदैन । जनताले पनि देख्नपर्यो, त्यसकारण जनताले अनभूत गर्ने विकास आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us