चितुवाको छालासहित पाँच जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १३:३७ मा प्रकाशित

भक्तपुर, १९ वैशाख – महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छालासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले १८ गते सुर्यविनायक नगरपालिका–६ बाट चापागाँउ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, काठमाण्डु बौद्ध बस्ने ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, ललितपुर चापागाँउ बस्ने सिन्धुपाल्चोक चौताराका ३१ बर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ बर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णु बहादुर माझीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुसँग अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us