
एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले भाइरल भइरहेको छ ।
अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । केही दिन अगाडि मात्र बलिउडका अधिकांश कलाकारले मतदान गरे । मतदान गर्ने क्रममा कलाकारका तस्बिर सामाजिक संजालमा पनि खुबै हिट भए ।
तर, मतदान गर्न नायक अक्षय कुमार भने गएनन् । हालैमात्र, एक चलचित्रको विशेष शोमा पुगेका अक्षयलाई पत्रकारले भोट किन गर्नुभएन ? भनेर प्रश्न सोधेका थिए । यो प्रश्नमा अक्षयले कुनै जवाफ दिएनन् । बरु, ‘चल बेटा’ भन्दै पत्रकारलाई जवाफ दिएर हिडे ।
यो भिडियो अहिले भाइरल भैरहेको छ । अक्षयसँग क्यानडाको नागरिकता भएका कारण उनले भारतमा भएको चुनावमा भोट नहालेको बुझिन्छ ।