मन्त्री बस्नेत कतार प्रस्थान

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गरेका छन् ।


। ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् । । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही छन् । एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले बुधबारै सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरुले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्ने उनको निजी सचिवालयले जनाएको छ । यस्तै त्यस क्रममा विभिन्न मुलुकका सहभागी प्रतिनिधिसँग सामूहिक ताथ एक्लाएक्लै भेटसमेत हुनेछ । मन्त्री बस्नेत आगामी १९ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us