आयल निगमका पदाधिकारीलाई संसदीय समितिले छलफलमा बोलायो

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे निगमका पदाधिकारीलाई छलफलमा बोलाएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाइन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा बिहीबार निगमका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

पाइपलाइन विस्तार, एलपी ग्यास र भण्डारण केन्द्र स्थापनाका विषयमा छलफल गर्न बिहीबार निगमका पदाधिकारीहरुलाई बोलाउने निर्णय गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

समितिले बिहीबारनै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग औद्योगिक क्षेत्र स्थापनालगायतका विषयमा पनि छलफल गर्ने एजन्डा तय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us