यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम छ ।

कतारी रियाल १ को खरिददर पनि सोमबार जस्तै ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हामको भाउ पनि घटबढ भएको छैन । सोमबार जस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९८ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us