मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १६:२३ मा प्रकाशित

रोल्पा, १६ वैशाख – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा सहभागी थिए ।

रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us