
काठमाण्डु, १५ वैशाख – कोटेश्वर चोकमा पनि पिक एण्ड ड्रप लागू गरिएको छ ।
ट्राफिक प्रहरी, महानगर तथा यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार कोटेश्वरमा पिक एण्ड ड्रप लागू भएको हो । अब कोटेश्वर चोक आसपासमा सार्वजनिक सवारीसाधनले यात्रु कुर्न पाउने छैनन् ।
सवारीसाधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेको भन्दै यो व्यवस्था लागू गरिएको हो । यो व्यवस्थाको राष्ट्रिय यातायात व्यवसायी महासंघले समेत स्वागत गरेको छ ।
यसअघि खुलामन्च आसपासका सडकमा यो व्यवस्था लागू गरिएको थियो । अन्य स्थानमा पनि यो व्यवस्था बढाउँदै लगिने ट्राफिक प्रहरीले जनाएको छ ।