सलमानको ‘नो किसिङ पोलिसी’ दिशा पटानीले तोडिदिइन्

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १४:०३ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छन् ।

चलचित्र भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन् ।

सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’ लाई बन्देज नै गरेका छन् । तर सलमानको यो ‘नो किसिङ पोलिसी’ यो गीतमा भने तोडिएको छ ।

उनले यस्तो सीन पहिलोपटक भने दिएका होइनन् । उनले सन् १९९६ मा रिलीज भएको फिल्म ‘जीत’ को एउटा गीतमा ‘अभी सास लेनेकी फुर्सद नही है’ मा करिश्मा कपूरसँग किस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us