‘क्याटवक’ गर्दागर्दै मोडलको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १२:५५ मा प्रकाशित

एजेन्सी – साओ पाउलो फेसन विकमा भाग लिएका मोडल तेल्स सोअरेसको क्याटवक गर्दागर्दै लडेर मृत्यु भएको छ । मोडल सोअरेस २६का थिए ।

आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला मोडल रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । वक्तव्यमा थप विवरण दिइएको छैन ।

डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us