
एजेन्सी । बेलायतमा एक युवकलाई यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेको अभियोगमा १२ वर्ष जेल सजाय तोकिएको छ । २० वर्षकी यौनकर्मी युवतीसँग सम्भोग गरेका ली हगबेन नाम गरेका युवकले सम्भाेग गर्दागर्दै कण्डम निकालेपछि यौनकर्मी युवतीले प्रहरीमा मुद्दा हालेकी थिइन् ।
सम्भोग गर्दा लगाएको कण्डम बीचमै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी हुन् ।
उनले आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले ती युवकलाई दोषी ठहर गर्दै १२ वर्ष जेल सजाय तोकेको हो ।