
काठमाण्डु, १५ वैशाख–खुलामञ्च अतिक्रमण गरेर बनाइएका अस्थायी संरचना शनिबार डोजर लगाएर भत्काइएको छ ।
खुलामञ्च कब्जाप्रति सञ्चार माध्यम र सर्वसाधारणले चर्को आवाज उठाएपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र काठमाण्डु महानगरपालिकाले बस काउण्टर, किराना पसल लगायत संरचना भत्काएका हुन् । डोजर लगाएर अस्थायी टहरा र पसल भत्काउने क्रममा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । नगर प्रहरी प्रमुख डिएसपी धनपति सापकोटाले ५१ सटर भत्काइएको जानकारी दिए । ‘ती प्रायः खाली थिए’, उनले भने, ‘जसमा सामान थिए, तिनलाई हटाउन समय दिइएको थियो ।’ उनका अनुसार धेरैजसो सटरमा कपडा र किराना पसल तथा होटल थिए ।
टिकट काउण्टरमा रहेका अस्थायी संरचना ठेकेदारसँग भएको सम्झौताका आधारमा भत्काइएको महानगरले जनाएको छ । मासिक ४५ हजार रुपौयाँसम्म लिने गरी ठेकेदारले ती संरचना भाडामा लगाएका थिए । कान्तिपुर दैनिकबाट