भाजपा प्रमुखको चेतावनीः मोदीमाथि औला उठाए हात काटिदिन्छौं

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १३:५४ मा प्रकाशित

एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक सभामा बुधबार बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कसैले औला उठाए त्यसको हात नै काटिदिने धम्की दिएपछि उनी विवादमा तानिएका हुन् ।

‘हाम्रा नेताहरु मन्चमा आसिन छन् । यदि कसैले उनीहरुविरुद्ध औला उठाउँछ भने हामी त्यसको हात नै काटिदिनेछौ । हामी लाचार र मुर्ख छैनौ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us