काठमाण्डु, १२ वैशाख – पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ ।
व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन । अहिले उनीहरूको खर्च र लगानी बढ्दै गएपछि २८ रूपैयाँ कमिशन बढाएका छौं,’ उनले भने, ‘यस वापत निगमले वार्षिक ९६ करोड खर्च गर्ने छ ।’
उनका अनुसार सो कमिशनको कार्य आज (बिहीबार)बाट लागू हुने भएको छ । उक्त कमिसन उपभोक्तालाई तत्काल भार नपर्ने गरी पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरिने निगमले जनाएको छ ।