निर्देशकले सोनालीलाई फिगर चेन्ज गर्न भनेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १३:४२ मा प्रकाशित

एजेन्सी – बलिउडकी नायिका सोनाली सहगलले एक निर्देशकले गरेको व्यवहारको बारेमा मुख खोलेकी छिन् ।

उनले एक अन्र्तवार्तामा भनेकी छिन्, ‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ । म यो कुराले निकै नै विचलित भएकी थिएँ ।’

उनले, आफू यो चलचित्रका लागि निकै नै उत्साहित रहेको र पुरा तयारी पनि गरेको सुनाइन् । उनले भनिन्, ‘मलाई मेरो शरीरमा केही अप्राकृतिक परिवर्तनका लागि आग्रह गरियो । यो कुरा सुनेपछि म त्यहाँबाट हिडेँ । मैले यो चलचित्र नगर्ने निर्णय गरेँ । तर, एउटा राम्रो चलचित्र मेरो हातबाट गुमेको थियो ।’
उनले आफू घर पुगेर धेरै रोएको पनि सुनाएकी छिन् । उनले बलिउडमा अझै पनि नायिकालाई कस्तो देखिनुपर्छ भनेर अरुले निर्णय गर्ने गरेको सुनाइन् । उनले नायिकाको शरीर भन्दा पनि अभिनय हेर्नुपर्नेमा जोड दिएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us