
विराटनगर, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवलाई मूलधारको राजनीतिमामा आउन आग्रह गरेका छन् ।
प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका गृहमन्त्री थापाले सरकार विप्लव समूहको गतिविधि निस्तेज पार्न सफल भएको दाबी गरे ।
उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, उनले भने ।
विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्याए ।
जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।