पहिलोपटक भेट भए किम जोन र भ्लादिमीर पुटीन

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते ११:४१ मा प्रकाशित

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच आज पहिलो पटक भेट भएको छ ।

रुसको सुदूरपूर्वी शहर भ्लादीभोस्तोकमा भएको भेट पछि दुई नेताबीचको शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनमा आणविक निशस्त्रिकरण, जारी गतिरोधका विषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम निजी रेलमार्फत हिजो रुस पुगेका थिए । शक्तिशाली मित्रराष्ट्रका बलमा अमेरिकासँग प्रस्तुत हुने रणनिति लिएको उत्तर कोरियाका लागी रुस भ्रमण महत्वपूर्ण मानिएको छ ।

रुसमा आफ्नो आतिथ्यको प्रशंसा गर्दै उत्तर कोरियाका नेता किमले पुटीनसँगको भेटवार्ताले द्विपक्षीय सम्बन्ध विस्तार र कोरियाली प्रायद्धिपको समस्या समाधानमा ठोस आकार पाउन सक्ने प्रतिक्रिया दिएका छन् ।

आणविक गतिविधि नियन्त्रण र कोरियाली प्रायद्धिपमा शान्ति स्थापनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको दोस्रो भेटवार्ता असफल भएपछि उत्तर कोरियाले रुसको साथ हो । रुसले उत्तर कोरियालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us