
काठमाण्डु, ११ वैशाख – गत वर्षको प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिएका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् ।
बिहेलगत्तै दुवैजना काममा व्यस्त रहेकाले हनिमुनका लागि समय निकाल्न सकेका थिएनन् । कामबाट केही समय विश्राम लिएर यो जोडी यतिबेला हनिमुन ट्रिपमा रमाइरहेको छ । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए ।
अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु घुमघाममा व्यस्त छन् । दुबैले घुमघामका क्रममा खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।