राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् । बुधबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट उनी चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पुगेका थिए । राष्ट्रपति भण्डारीको चिनियाँ सकमक्षी सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग १६ वैशाखमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोही दिन राष्ट्रपति भण्डारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अनुशासन आयोगका सचिव चाओ लेजीबीच भेटवार्ता हुनेछ ।

त्यसअघि राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा दुईपटक सम्बोधन गर्नेछिन् । उच्चस्तरीय वार्ताकै दिन नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ ।

गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा। रामवरण यादव चीन भ्रमणमा गएका थिए । तर, उनको भ्रमण राजकीय थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us