
बुटवल, ११ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की नेत्री कल्पना सुवेदी पक्राउ परेकी छन् ।
नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्राउ गरेको हो ।
सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् । पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ ।