सैनिक विद्यालयका प्रधानाध्यापकसहित ३ जना बर्खास्त

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – नेपाली सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ ।

विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई पदमुक्त गरेको हो ।

२०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र भावना विपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग लगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us