बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १६:४१ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ । पंगेनी र माझीले ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा स्वर दिएका हुन् ।

गीतका शब्द विनोद बाजुरालीका हुन् । गीतमा संगीतसमेत विनोद स्वयम्ले भरेका छन् । गीतको भिडियोमा नायक दिलिप रायमाझी र अलिशा शर्माले अभिनय गरेका छन् ।

शुभारम्भ डिजिटल म्युजिक प्रालिले बनाएको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us