सरकार र राप्रपाबीच वार्ता सुरु

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १४:१५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच वार्ता सुरु भएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको हो ।

राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।

आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us