अभिनेता सन्नी देवल भाजपाबाट चुनाव लड्ने

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १३:१७ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता सन्नी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।

मंगलबार दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए ।

उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us