
काठमाण्डु, १० वैशाख – मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ ।
सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।