इजराइलका प्रधानमन्त्रीलाई ओलीको फोन, के भने ?

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र इजराइलका नवनिर्वाचित प्रधानमन्त्री वेन्यामिन नेतन्याहूसँग सोमबार राती टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा प्रधानमन्त्री ओलीले इजरायलका नवनिर्वाचित प्रधानमन्त्री नेतन्याहुलाई बधाई ज्ञापन गरेका छन् ।

पाँचौ पटक प्रधानमन्त्री पदमा निर्वाचित भएका इजराइलका नवौं प्रधानमन्त्री नेतन्याहूप्रति बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध दौत्य सम्बन्धलाई झनझन प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

दुई प्रधानमन्त्रीहरुबीच उपयुक्त समयमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्न आवश्यक रहेको विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us