
नयाँदिल्ली, १० वैशाख – भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ ।
मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको फैसला हुनेछ ।
भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानम छन् । मंगलबार १५ राज्यका ११७ सिटमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसअन्तर्गत गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।