९० वर्षीय वृद्ध, जसले अस्पताल बनाउन दिए ३ करोड दान

काठमाण्डु टुडे २०७६ वैशाख १० गते ७:३० मा प्रकाशित

काठमाण्डु, १० वैशाख– मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ ।
यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।

मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान दिने भएका छन् ।
नारायणगढ निवासी ९० वर्षीय उदयकुमार पिया सोमबार निकै खुशी देखिन्थे । उनले तीन करोड रुपैयाँ दिने पक्का भएपछि दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनस्र्थापना केन्द्रको शिलान्यास भयो ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us