राजपरिवारले चढ्ने ११ भीभीआईपी कार बेवारिसे, उपराष्ट्रपतिले चढे ‘राजा’ को कार

काठमाण्डु टुडे २०७६ वैशाख १० गते ६:४९ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ ।


राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ ।
त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग गरिरहेका छन् । यो कार २०७५ साल असोज ७ गते उपराष्ट्रपति पुनलाई हस्तान्तरण गरिएको हो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us