विप्लव समूहका जनपरिषद प्रमुख पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १७:२८ मा प्रकाशित

गोरखा, ९ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए । ६५ वर्षीय रिजाल जिल्लामा केही समय अघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको रावलले जानकारी दिए ।

यस्तै विप्लव नेतृत्वको नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे अटललाई पनि प्रहरीले पक्राउ गरेको छ । घादिङ कार्यक्षेत्र बताउने उनलाई गोरखाको भिमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताए ।

पाण्डेविरुद्ध धादिङमा मुद्धा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us