जिल्ला सचिवकाे जिम्मेवारी पाएका हिमाल शर्माले गरे छाेड्ने संकेत

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १७:१० मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको नेतृत्वमा थप विवाद हुने संकेत देखिएको छ ।

पूर्वविद्यार्थी नेता तथा साविक माओवादीबाट काठमाण्डु जिल्ला अध्यक्ष रहेका हिमाल शर्मा सचिवमा घटुवा हुने भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो सचिवको पद अर्कैलाई दिने संकेत गरेका छन् । शर्मा हाल नेकपाका केन्द्रीय समिति सदस्यसमेत हुन् ।

शर्माले नाम घोषणा हुनु भन्दा केहि घन्टा अगाडी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफु उक्त जिम्मेवारीमा नरहने संकेत गरे । यद्यपि उनले आफ्नो उक्त कुरालाइ असन्तुष्टिको रुपमा नबुझ्न समेत आग्रह गरेका छन् । जनयुद्धमा निकै कठिनम यातना भोगेका शर्मा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन् ।

तत्कालीन माओवादी केन्द्र नेतृत्व पाउने जिल्लामा साविककै अध्यक्ष रहने र तत्कालीन एमालेका जिल्ला अध्यक्ष पाउनेमा साबिक अध्यक्ष सचिवको जिम्मेवारीमा रहनुपर्ने भएपछि केही जिल्लामा मर्यादाक्रम विवाद निम्तिने खतरा बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us