फिलिपिन्समा ५.७ म्याग्निच्यूडको भूकम्प

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १६:४७ मा प्रकाशित

मनिला, ९ वैशाख – फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us