बृद्ध भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे ।

‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौं । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ’ प्रधानमन्त्रीको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us