सुनको मूल्य पाँच सय बढ्यो

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us