घाइते भएका अभिनेता विक्कीको अनुहारमा लगाइयो १३ टाँका

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १३:१६ मा प्रकाशित

एजेन्सी – चलचित्र ‘उरी’ बाट उदाएका अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन् । घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार एक दुर्घटनामा उनी गम्भीर घाइते बनेका हुन् । गुजराजमा एक हरर सिनेमाको सुटिङमा उनी घाइते भएको उनको भनाइ छ ।

उनी एक एक्सन दृश्यका क्रममा घाइते भएका हुन् । सुटिङका बेला ढोका उनीमाथी खसेपछि उनी घाइते भएका हुन् । घटना अप्रिल १८ मा भएको हो ।

घाइते भएका बिक्कीलाई स्थानिय एक अस्पतालमा प्रारम्भिक उपचार गरेपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई ल्याइएको थियो । उनको पछिल्लो अवस्ताको बारेमा भने केही सार्वजनिक नभएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us