श्रीलंकाबाट आयो दुःखद खबर

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १२:०१ मा प्रकाशित

एजेन्सी । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ ।

कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो ।

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन । इस्टर सन्डे इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us