
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंग्याउन शीर्ष नेता छलफलमा जुटेका छन् । केही दिनदेखि नै छलफलमा जुटेका शीर्ष नेता आइतबार एकता प्रक्रिया सक्नेगरी अन्तिम तयारीमा जुटेका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुटेका हुन् ।
तीन महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको ११ महिना भैसक्दा पनि एकता प्रकृया सकिएको छैन ।