कस्तो छ तीन दिनको मौसम ? मौसमविद भन्छन्– सतर्क हुनुस्, आत्तिनु पर्दैन

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १०:५५ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देश भरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज रातिपनि देश भर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘ हावाहुरी, पानी पर्ने र चट्याङबाट सतर्क हुनुपर्ने अवस्था छ । तर, पानी र हावाहुरीबाट भने त्याति खतरा छैन् । आत्तिनु पर्दैन । प्रिमनसुन एक्टिभ देखिएको छ । भोली पर्सी पनि मौसम बदली हुने सम्भावना छ’, मौसमविद् विभूति पोखरेलले काठमाण्डुटुडेसँग कुरा गर्दै भनिन् ।

उनले गएको शुक्रबार अपराह्न पनि राजधानीका विभिन्न भागमा रुख ढल्ने अवस्था समेत उत्पन्न भएको बताउँदै त्यस खालको अवस्था आज पनि आउन सक्ने भएकोले सतर्क हुनु जरुरी रहेको बताइन् ।

यस्ताे छ तीन दिनकाे माैसमी विवरणः

 बैशाख ०८ गते (आइतबार)
दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी  सहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।
 बैशाख ०९ गते (सोमबार)
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्यांग हावाहुरी  सहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।
बैशाख १० गते (मंगलबार)
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि  स्थानहरुमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरुमा  मेघ गर्जन/ चट्यांग हावाहुरी  सहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us