
एजेन्सी – चलचित्र ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता सत्यराज अब बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या रायको जोडीका रुपमा देखिने भएका छन् ।
बलिउडको सबैभन्दा सफल चलचित्र बाहुबलीमा उनले गरेको अभिनय र दमदार पात्रको भूमिकाको चर्चा सेलाउन नपाउँदै उनी ऐश्वर्याको जोडी बन्न लागेका हुन् ।
बलिउड लाइफका अनुसार मणिरत्नको आगामी फिल्ममा ऐश्वर्या रायले कटप्पासँग रोमान्स गर्ने भएकी हुन् । मणिरत्नले निर्माण गर्न लागेको ठूलो बजेको फिल्म ‘पोन्निनी सेल्वम’मा कटप्पा अनुबन्धित भएका छन् । खबरअनुसार यो फिल्ममा उनी ऐश्वर्याको पतिको भूमिकामा देखिँदैछन् ।
खबरअनुसार यो फिल्ममा ऐश्वर्याका अलावा उनका ससुरा अमिताभ बच्चन पनि पनि देखिने बताइए पनि उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
यो फिल्म एक चर्चित तामिल उपन्यासमा आधारित रहेको बताइएको छ । जसमा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिँदैछन् ।