सूर्य भुजेललाई छोड्न अदालतको आदेश

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाण्डु उपत्यका इन्चार्ज सूर्यबहादुर भुजेललाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

फागुन १२ गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरी बम विस्फोट गराएको भन्दै प्रहरीले उनलाई फागुन १५ गते कलंकीबाट पक्राउ गरेको थियो ।

चैत २७ गते पितकुमारी भुजेलले प्रहरीले सूर्य भूजेललाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दिप्रत्येक्षीकरण रिट दिएकी थिइन् ।

सोही रिट जारी गर्दै शुक्रबार न्यायाधीश अनिल सिन्हा र पुरूषोत्वम भण्डारीको इजलासले सूर्य भूजेललाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us