छोराको बाबु बने आर्यन सिग्देल

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए ।

आर्यनले केही समय अगाडि नै गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us